७ मंसिर, २०८१ शुक्रबार
04:59:46 PM
२८ असार, २०७९
काठमाडौं ।इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।