७ मंसिर, २०८१ शुक्रबार

05:12:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

२८ असार, २०७९

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

 काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १९२७.२८ बिन्दुमा बन्द भएको हो ।

यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको छ भने ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएका छन् । नेप्से बढेर कारोबार खुम्चिदा आज सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ९.३५ प्रतिशतले बढेको हो ।

साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ८.२२ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ६.९६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको ६.२७ प्रतिशत र अरुण काबेली पावरको ५.८५ प्रतिशतले सेयर बढेको हो ।

त्यस्तै, मंगलबार सर्वाधिक गुमाउने कम्पनीमा नयाँ सारथी लघुवित्त रहेको छ । कम्पनीको सेयर यस दिन ४.६५ प्रतिशतले घटेको हो । साथै, आरबिबि म्युचुअल फण्ड १ को ३।५७ प्रतिशत, नबिल इक्वाटी फण्डको ३।३९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ३।२० प्रतिशत र मानुषि लघुवित्तको २।९५ प्रतिशतले शेयर घटेको हो ।