७ मंसिर, २०८१ शुक्रबार
05:01:49 PM
२८ असार, २०७९
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयरबजारमा बढेको छ । मंगलबार सेयर बजार ११ अंकले बढेको हो । यस दिन२२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७० करोड रुपैयाँ बढीको कारोबार भएको छ । मंगलबार अर्बमाथिको कारोबार हुँदा अरुण काबेली पावरको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन ७ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
त्यस्तै, मंगलबार गोर्खाज फाइनान्सको ७ करोड ६० लाख, शिवम् सिमेन्ट्सको ७ करोड ४० लाख, युनाइटेड इदि मार्दिको ५ करोड ९३ लाख र हिमालयन डिस्टिलरीको ५ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।