७ मंसिर, २०८१ शुक्रबार
05:26:51 PM
२८ असार, २०७९
नेप्सेका अनुसार मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको
काठमाण्डौं । कारोबारको पहिलो दिन भारी अंकले घटेको सेयर बजारमा मंगलबार केहि सुधार देखिएको छ । आज सेयर बजार ११.६८ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ११.६८ अंकले बढेर नेप्से परिसूचक १९ सय २७.२८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार बढ्दा भने कारोबार घटेको छ । सोमाबार २ अर्बभन्दा बढिको कारोबार भएकोमा आज १ अर्बमा झरेको छ ।
नेप्सेका अनुसार मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९ सय ७८ रुपैयाँको कारोबार भएको छ भने ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै उपसमुहरुमा सबै बढेका छन् । कम्पनीतर्फ सप्तकोशी विकास बैंक ९.३५ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर विकास लिमिटेड ८.२२ प्रतिशत र युनाईटेड इन्स्योरेन्स ६.९६ प्रतिशतले बढेका छन् ।