२७ बैशाख, २०८१ बिहिबार

07:08:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न

२८ असार, २०७९

प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज (मंगलबार) सम्पन्न भएको छ ।कम्पनीको  विशेष साधारण सभा केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन भएको हो ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।