७ मंसिर, २०८१ शुक्रबार
05:32:51 PM
२८ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई बिमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले सोमबार मर्जमा जाने समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेसँगै आज (मंगलबार) देखि लागू हुने गरी नेप्सेमा यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।
सोमबार भएको समझदारी पत्रमा दुबै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीले मर्जरमा गए लगत्तै सेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।