२१ बैशाख, २०८१ शुक्रबार

03:03:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जमा जाने सम्झौता

२८ असार, २०७९

सिद्धार्थ इन्स्योरेन्स  र प्रिमियर इन्स्योरेन्सबीच मर्जमा जाने सम्झौता

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ । सोमबार साँझ दुई कम्पनीबीच मर्जरमा जाने प्ररम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो । सोमबार भएको समझदारी पत्रमा दुबै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख  रुपैयाँ रहेको छ ।