२१ बैशाख, २०८१ शुक्रबार

05:33:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

२८ असार, २०७९

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छने ।

असार २ गते सम्पन्न यी दुवै इन्स्योरेन्सको छुट्टाछुट्टै वार्षिक साधारण सभाले एकआपसमा मर्जरमा जाने विशेष प्रस्ताव पारित गरी नियमक निकाय बीमा समितिले असार ८ गते अन्तिम स्वीकृति दिएसँगै ‘हिमालयन एभेरेष्ट इन्स्योरेन्स लिमिटेड’ नामबाट निर्जिबन बीमा सेवाको एकीकृत कारोबार संचालन गर्ने जनाएको हो ।

यी दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच स्वाप रेसियो ८५ः१०० मा मर्जर भएका हुन् । जसअनुसार हिमालयन जरल इन्स्योरेन्सका सेयरधनीहरुको ८५ कित्ता बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेछ ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख ९ हजार रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार रूपैयाँ रहेको छ । मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।