७ मंसिर, २०८१ शुक्रबार

05:15:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

२८ असार, २०७९

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (मंगलबार) बाँडफाँड सम्पन्न भएको हो ।  

उक्त आईपीओ आज (मंगलबार) बिहान ९ बजे क्यापिटलकै कार्यालय नक्साल, काठमाडौँमा बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएका छन् भने १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले सेयर हाता पारेका छन्। सोमध्ये पनि भाग्यमानि २ आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्। माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।