७ मंसिर, २०८१ शुक्रबार

05:50:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा गिरावट आउदा पनि सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२७ असार, २०७९

सेयर बजारमा गिरावट आउदा पनि सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । यस दिन २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउदा पनि सोमबार  हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन  ११ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।

त्यस्तै, सोमबार एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफको ७ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।