७ मंसिर, २०८१ शुक्रबार
05:46:39 PM
२७ असार, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डले दुई लघुवित्त र एक हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । धितोपत्र बोर्डेबाट आईपीओ निष्काशनको अनुमति पाउनेमा धौलागिरी लघुवित्त, अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावर रहेका छन् । बोर्डले सिक्लेसलाई गत असार २३ गते र धौलागिरी र अभियान लघुवित्तलाई असार २४ गते आईपीओ निष्काशनको अनुमति दिएको हो ।
धौलागिरी लघुवित्तले १०० अंकित दरका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त लघुवित्तको आईपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। यसैगरी, अभियान लघुवित्तले १०० रुपियाँ अंकित दरका कुल९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
यस्तै, सिक्लेस हाइड्रोपावरले चुक्तापुँजीको २३.५३ प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ। उक्त हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।