७ मंसिर, २०८१ शुक्रबार

06:23:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ५० लाख २ सय कित्ता बोनस सेयर सूचिकृत

२७ असार, २०७९

नेप्सेमा ५० लाख २ सय कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सोमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा लघुवित्त कम्पनीको २९.५० प्रतिशत बोनस बापतको ५० लाख २ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको गत पुस २५ गते, सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।