७ मंसिर, २०८१ शुक्रबार
08:27:57 PM
२७ असार, २०७९
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ भोली (असार २८ गते मंगलबार) बाँडफाँड हुने भएको छ। उक्त आईपीओ भोलि (मंगलबार) विहान साढे ८ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ। गत शुक्रबार आईपीओको प्रि अलटमेन्ट गरेको क्यापिटलले जनाएको छ ।
असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । पछिल्लो तथ्याँक अनुसार कम्पनीको आइपीओमा १६ लाख २६ हजार ४३० आवेदकबाट १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट आईपीओ बाँडफाड गरीने छ । गोलाप्रथाबाट आईपीओ बाँडफाड गर्दा १ लाख ८३ हजार ४७ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् । बाँकी रहेका करिब १४ लाख ४३ हजार आवेदकको हात खाली हुने छ।