७ मंसिर, २०८१ शुक्रबार
08:30:33 PM
२७ असार, २०७९
काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) मा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) आवेदन दिने समय थप गरिएको हो ।
यसअघि आज (असार २७ गते सोमबार) सम्म आवेदन दिन पाइने भनिएकोमा सो अवधिमा आईपीओ बिक्री नभएकाले अब साउन १० गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं। ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं। ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले यस आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।