७ मंसिर, २०८१ शुक्रबार
08:57:50 PM
२७ असार, २०७९
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा साउन ८ गतेसम्म र ढीलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।