१३ बैशाख, २०८१ बिहिबार

08:15:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

Nepal Business

२६ असार, २०७९

मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश,

मधेस प्रदेश आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मतले पारित भएको छ । 

आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको हो ।

प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गर्नुभएको आर्थिक विधेयक, २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो । 

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो ।

यही असार १ गते मधेस प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । 

बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।