११ मंसिर, २०८१ मंगलबार

12:45:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २० कम्पनीको सेयर कारोबार रोक्का

२६ असार, २०७९

नेप्सेमा २० कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २० वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का भएको छ । हाल मर्जर र एक्विजिसन (प्राप्ति) प्रयोजनका लागि नेप्सेले २० वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।  

मर्जर र प्राप्ति प्रयोजनका लागि नेप्सेमा सेयर कारोबार रोक्का हुनेमा ७ वटा बीमा कम्पनी, ५ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी रहेका छन् ।

नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ। मर्जर तथा एक्विजिसनका कारण सेयर कारोबार रोक्का भएका कम्पनीहरुमा बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट रहेका छन् ।

त्यस्तै कारोबार रोक्का हुने कम्पनीमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, एभरेस्ट, हिमालयन जेनेरल, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ, ज्योति लाइफ र सूर्य लाइफ,घोडीघोडा, नाडेप, समाज, सिवाईसी नेपाल र आँधिखोला लघुवित्त संस्था, रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको छ ।

मर्जर र प्राप्तिमा जाने कम्पनीहरुको लामो समयसम्म सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको सम्पत्ति बन्धक भएको भन्दै लगानीकर्ता, ब्रोकर, मर्चेन्टका साथै अन्य सरोकारवालाहरुले विरोध जनाउँदैै आएका छन्। उनिहरुको विरोधको बाबजुद पनि मर्जर र प्राप्ति प्रयोगजनका लागि गरिने कारोबार रोक्काबारे नियामक निकायबाट अहिलेसम्म केही निर्णय हुन सकेको छैन।