१६ बैशाख, २०८१ आइतबार

04:37:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाले रोकियो सुदूरपश्चिम प्रादेशिक महोत्सव

Nepal Business

२६ पुस, २०७८

कोरोनाले रोकियो सुदूरपश्चिम प्रादेशिक महोत्सव

२६ पुस । अत्तरिया उद्योग वाणिज्य सङ्घले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ ।

उद्योग वाणिज्य सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ । कोभिड–१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको सङ्घका अध्यक्ष अशोकराज देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उहाँको भनाइ छ ।