२१ बैशाख, २०८१ शुक्रबार

04:21:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

Nepal Business

२४ असार, २०७९

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

काठमाडौँ,
युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभएको छ । 

उहाँले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताउनुभयो ।   

नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उहाँले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताउनुभयो ।   

उहाँले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताउनुभयो ।

यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।