७ मंसिर, २०८१ शुक्रबार

06:21:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरको बढ्दो आकर्षण, डिम्याट खोल्नेको संख्या ५२ लाख नाघ्यो

२४ असार, २०७९

सेयरको बढ्दो आकर्षण, डिम्याट खोल्नेको संख्या ५२ लाख नाघ्यो

काठमाडौं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिजो आज सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।  आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।

कम परिश्रममै राम्रो मुनाफा हासिल गर्न सकिने  र सुरक्षित लगानीको उपयुक्त ठाउँ सेयर बजारलाई मानिन्छ । यो सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार हो ।

आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् ।  कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या  ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । जसमध्ये, ४३ लाख ६८ हजार ६ सय ३९ जना मेरो सेयरमा आवद्ध छन् ।