१३ बैशाख, २०८१ बिहिबार

11:43:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा बढाए ४३.५३प्रतिशत कर्जा लगानी

२४ असार, २०७९

बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा बढाए ४३.५३प्रतिशत कर्जा लगानी

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशको कृषि क्षेत्रमा ४३.५३ प्रतिशतले कर्जा लगानी बढाएका छन्।  नेपाल राष्ट्र बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययन (मधेश प्रदेश) अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मधेश प्रदेशमा कर्जा बढेर ५० अर्ब १ करोड पुगेको जनाएको हो। गत वर्षको सोही अवधिमा उक्त कर्जा ३४ अर्ब ८४ करोड रहेको थियो।

सो प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ११.७८ प्रतिशत रहेको छ। मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी कर्जा प्रवाह पर्सा जिल्लामा १७.७० प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्जा प्रवाह सप्तरीमा ७.३५ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा ४४ अर्ब ६८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८ अर्ब ५७ करोड रहेको थियो।

प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी २६ अर्ब ११ करोड अर्थात ५८.४४ प्रतिशत धनुषामा र सबैभन्दा कम ९७ करोड अर्थात २.१७ प्रतिशत सप्तरीमा रहेको छ।