२० बैशाख, २०८१ बिहिबार

01:59:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनी उद्योग बन्द हुनुमा को दोषी ?

६ चैत, २०७८

रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द भएको छ ।

चिनी उद्योग बन्द हुनुमा को दोषी ?


रौतहट । हरेका वर्ष रौतहटमा उखु उत्पादन घट्दै जाने क्रम बढेको छ । उखु किसानलाई रकम भुक्तानीमा ढिलाइ र भुक्तानी मूल्य न्यून हुन जाँदा उखुको अभाव सृजना भएको हो ।  पछिल्ला दिनमा यहाँका किसानले उखुखेती छोडेपछि उत्पादन घट्दै गएको छ ।

रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स  लगायत अन्य चारवटा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज, इन्दु शंकर चिनी उद्योग, नवलपरासीमा रहेको लुम्बिनी सुगर इन्डष्ट्रिज प्रालि बन्द भएका  छन् । कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल  गत वर्षदेखि नै सञ्चालनमा भएपनि उखु उत्पादन घटेका कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन ।

रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स  लगायत अन्य चारवटा अन्नपूर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज, इन्दु शंकर चिनी उद्योग, नवलपरासीमा रहेको लुम्बिनी सुगर इन्डष्ट्रिज प्रालि बन्द भएका  छन् ।

२० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष ६ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताउनुभयो । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि लक्ष्य पूरा हुन नसक्दा घाटा बेहोर्नुपरेको उहाँको गुनासो छ ।

जिल्लामा बर्सेनि ११/१२  हजार बिघामा उखु उत्पादन हुँदै आएको जानकारी दिनुहुँदै उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले यस वर्ष पाँच/छ हजार बिघामा मात्र उखुखेती भएको बताउनुभयो ।

विगतका वर्षको तुलनामा यस वर्ष आधा नै घटेको छ तर बैजुनाथ चिनी मिलको प्रभावकारी भुक्तानी पक्ष एवं उखु उत्पादनतर्फ किसानलाई अग्रसर गराउन गरेको गतिविधिले भने आउँदो वर्षमा उत्पादन बढ्ने यादवले बताउनु भयो । 

गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको ३८ करोड रुपियाँ बक्यौता रकममध्ये ३५ करोड रुपियाँ मात्रै भुक्तानी गरेको छ । मिल बन्द भएपछि हाल मिलको प्रशासनिक सेवासमेत बन्द भएकाले किसानले बाँकी तीन करोड रुपियाँ भुक्तानी पाउन नसकेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको र किसानका बक्यौता रकमसमेत पूर्णरूपमा चुक्ता हुने विश्वास छ ।