७ मंसिर, २०८१ शुक्रबार

06:03:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३४.७१ अंकले घट्यो नेप्से, १ अर्ब १६ करोडको कारोबार

२४ असार, २०७९

३४.७१ अंकले घट्यो नेप्से, १ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) पनि सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा बन्द भएको छ ।

कूल २१७ वटा कम्पनीको ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १६ करोड ८४ लाख ४२ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, शुक्रबार  शुक्रबार शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो । यस दिन ग्लोबल आईएमई सम्मुनत योजना १ को मूल्य सबैभन्दा धेरै बढेको छ । भने हिमालयन उर्जा कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।