७ मंसिर, २०८१ शुक्रबार

06:32:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ असार, २०७९

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता अन्तिम  कारोबारको दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ । यस दिन २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा शुक्रबार शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ५ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, यस दिन युनाइटेड इदि मार्दीको ३ करोड ९७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३ करोड ९१ लाख, अरुण काबेली पावरको ३ करोड ७९ लाख र एनटिसीको ३ करोड ७३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।