२१ बैशाख, २०८१ शुक्रबार

02:47:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरिने

२४ असार, २०७९

नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट आइएमई ग्रुप बाहिरीने भएको छ । बीमा समितिले क्रस होल्डिङ भएका कम्पनी मर्जरमा जानुपर्ने दबाब बढाएपछि कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको हो । दुबै संस्थामा क्रस होल्डिङ भएपछि मर्जरको दबाब बढेको थियो ।आइएमई ग्रुपले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर नेपाल इन्स्योरेन्सबाट बाहिरीन लागेको हो ।

आइएमई ग्रुप अन्तर्गत रहेका आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्गले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्सको शेयर बिक्री गर्न लागेका हुन् । कम्पनीका अनुसार यी कम्पनीहरूले कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । प्रतिकित्ता ३२५ रूपैयाँका दरले सेयर बिक्रीका लागि आह्वान गरिएको छ ।

उक्त संस्थापक सेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका अन्य संस्थापकलाई दिइएकोले इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र  कम्पनीको केन्द्रीय कार्यालय अमिर भवन गणेशस्थान, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित नियमअनुसार अन्य कोही ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।