१६ बैशाख, २०८१ आइतबार

10:57:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चोभार सुख्खा बन्दरगाह : तीन महिनामा १६ कन्टेनरमात्रै भित्रियो, समस्या समाधानका लागि सुझाव समिति बनाउन निर्देशन

Nepal Business

२३ असार, २०७९

नेपाल इन्टरमोडल यातायात विकास समितिले विहिबार मन्त्रालयमा सोही विषयमा छलफल आयोजना गरेको थियो ।

चोभार सुख्खा बन्दरगाह : तीन महिनामा १६ कन्टेनरमात्रै भित्रियो, समस्या समाधानका लागि सुझाव समिति बनाउन निर्देशन

काठमाडौँ,
चोभार सुख्खा बन्दरगाहले सोचे अनुसार काम गर्न सकिरहेको छैन । तीन महिनामा १६ कन्टेनरमात्रै भित्रिनुले पनि अबस्था के छ स्पष्ट पारेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।  

नेपाल इन्टरमोडल यातायात विकास समितिले विहिबार मन्त्रालयमा सोही विषयमा छलफल आयोजना गरेको थियो ।

सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा मन्त्री बडूले वीरगंजलगायतका सीमा नाकाहरुमा विद्यमान कार्यबोझ घटाइ चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन अहिले देखिएका व्यवहारगत र नीतिगत समस्या सरकारले  समाधान गर्ने बताउनुभयो । 

आयात तथा निर्यातलाई सहज र सरल बनाएर समय र लागत घटाउन सके व्यापारिक क्रियाकलाप बढेर राजस्व समेत बढ्ने भएकाले अन्तरनिकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्नुपर्ने माग व्यवसायीहरुको छ । 

चैत २२ गतेदेखि यो सुख्खा बन्दरगाह सञ्चालनमा आएको थियो। सुख्खा बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सरोकार पक्षमको समेत प्रतिनिधित्व रहने गरी अध्ययन समिति बनाउनसमेत मन्त्री बडूले निर्देशन  दिनुभएको छ । 

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीको सहजता र पूर्वाधारको अवस्थानुसार निश्चित वस्तु तोकेर चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन सकिने बताउनुभयो ।