२९ बैशाख, २०८१ शनिबार

11:35:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

Nepal Business

२४ जेठ, २०७९

भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गर्नुभएको हो ।

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

काठमाडौँ,

नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न चिलीलाई आग्रह गरेको छ । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच मंगलबार चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच मंगलबार चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गर्नुभएको हो ।

“नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ, हामी सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत चिलीसँग आर्थिक सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन चाहन्छौँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष मल्लले सो अवसरमा नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्शबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न राजदूत एङ्गुलोलाई आग्रह गर्नुभएको थियो । “वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष मल्लले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताउनुभयो । भेटमा राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिनुभएको थियो । 

उहाँले नेपाल हिमालयको देश भएकाले पर्यटन क्षेत्रको अथाह सम्भावना रहेको बताउनुभयो । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकलाई जानकारी गराउने उहाँको भनाइ थियो ।