७ मंसिर, २०८१ शुक्रबार

05:36:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबारका प्रमुख आर्थिक सामचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि सीडी रेसियो ९५ प्रतिशत पुर्याउनु पर्ने मागसम्म

२३ असार, २०७९

बिहीबारका प्रमुख आर्थिक सामचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि सीडी रेसियो ९५ प्रतिशत पुर्याउनु पर्ने मागसम्म

१) दोहोरो अंकले घट्यो सेयर बजार

साताको पाचौं कारोबारको दिन आज बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा बन्द भएको छ ।
यस दिन २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

२) तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्य यथासिघ्र कार्यान्वयन गर्न सेयर लगानीकर्ता संघको आग्रह

तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्य यथासिघ्र कार्यान्वयन गर्न सेयर लगानीकर्ता संघको आग्रहले आग्रह गरेका छन् । बिहीबार नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोख्रेलले संयुक्त विज्ञप्ति जारी गर्दै तीन तहको ब्रोकर इजाजत पत्र वितरण गर्ने कार्यको यथासिघ्र कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्ड मार्फत अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री समक्ष जोडदार माग गरेका हुन् ।

३) सीडी रेसियो ९५ प्रतिशत पुर्याउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउन माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले सीडी रेसियो ९० प्रतिशतबाट बढाएर ९५ प्रतिशत पुर्याउन माग गरेका हुन् ।

४) एकै दिनमा १४ अर्बले बढ्यो बैंकहरूको निक्षेप संकलन

बैंकहरूको निक्षेप संकलन एकै दिनमा १४ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार गत असार २१ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा एकै दिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
त्यस्तै, बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.५८ प्रतिशतबाट घटेर ८८.३५ प्रतिशतमा झरेको छ ।

५) थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न धितोपत्र बोर्डको स्वीकृती

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ।  योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, नबिल बैंक, मेगा म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड रहेका छन् । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या ११६ पुगेको छ ।

६) नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार बन्द हुने

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको कारोबार केही दिन बन्द हुने भएको छ । दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय समय अगाडि सम्म नविल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुनेछन् ।  उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने छ।

नेपाल बंगलादेश बैंकमा भने असार २३ गते विहिबार कायालय समय पछिदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल  बंगलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालन हुने छ ।

७) आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको छ । यी दुई कम्पनीबीच हिजो (बुधबार) मर्जरमा जाने सम्झौता भएको हो । प्रारम्भिक सहमति अनुसार १००ः७० को स्वापमा मर्जरमा जाने भएको हो ।  आंधीखोला लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता  पाउने छन् ।

८) नेपालमा श्रीलंकाको जस्तो संकट आउँदैनः अध्यक्ष पौड्याल

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नेपालमा श्रीलंकाको जस्तो संकट नआउने बताउनुभएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सम्बन्धित निकायमा पेश गरेको सुझावहरुको बारेमा जानकारी दिन सिबिफिनले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौड्याले भन्नुभयो, ‘हामीकहाँ श्रीलंकाको जस्तो संकट आउदैन, हामीले भूकम्प, नाकाबन्दी र कोभिडजस्ता संकट पार गरिसकेका छौँ। त्यसैले अहिले अर्थतन्त्रमा देखिएका केही समस्यासँग लड्न पनि हामी सक्षम छौँ।’

९) जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ४प्रतिशतले खुम्चियो

जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । गत आवको जेठ महिनाको तुलनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ३.९३ प्रतिशतले खुम्चिएको हो । चालु आवको ११ महिनाको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

१०) नेप्सेमा थप २ लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गरिएको छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएसँगै यी दुई लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो ।