७ मंसिर, २०८१ शुक्रबार
05:19:00 PM
२३ असार, २०७९
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिनं ले आगामी आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको लागि सुझाव दिएको छ । संघले आज (बिहीबार) एक पत्रकार सम्मलेन गर्दै आर्थिक वर्षको मौद्रिक नीतिका लागि २७ बुँदे सुझाव दिएको हो ।
सिबिफिनले आगामी आवको मौद्रिक नीति मार्फत संचालनमा आएको १० बर्षपछि बैंक तथा वित्तीय संस्थाले स्थायित्व प्राप्त गरिसक्ने हुँदा संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था युक्तिसंगत हुनुका साथै अन्य देशहरुमा संस्थापक सेयर र साधारण सेयरको मूल्य समेत समान भएको सन्दर्भमा नेपालमा समेत सो व्यवस्था कार्यान्वयनमा लैजानुपर्ने लगायतका सुझाव दिएको हो ।
खस्किदै गएको अर्थव्यवस्थालाई थप जटिलतातर्फ उन्मूख हुनबाट जोगाउनका लागि समग्र अर्थतन्त्रमा देखिएका समस्या एवं चुनौतिहरुको स्पष्ट पहिचानसहित न्यूनिकरण गर्दै जानका लागि नेपाल सरकार, जिम्मेवार सम्पूर्ण निकायहरु र सरोकारवाला हामी सम्पूर्ण पक्षहरु निकै चनाखो हुँदै एकाकार भइ लाग्नु अहिलेको प्रमुख आवश्यकता बनेको संघले जनाएको छ ।
कोभिड–१९ र विभिन्न विश्व घटनाक्रमले कमजोर बन्दै गएको उत्पादन तथा आपूर्ति श्रृखंलाको प्रत्यक्ष प्रभावबाट साँघुरिदै गएको नेपालको अर्थतन्त्रमा देखापरिरहेका समग्र समस्या एवं चुनौतिहरुको न्यूनिकरण तथा समाधानका लागि नेपाल सरकार, नियामक निकाय र सरोकारावाला पक्षहरुसँग सहकार्य गर्दै सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।