१० मंसिर, २०८१ सोमबार

09:47:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

२३ असार, २०७९

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

काठमाडौं ।  साताको पाचौं कारोबारको दिन आज बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा बन्द भएको छ ।

यसदिन २२९ वटा कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ रूपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ६५ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, यसदिन आरबिबि म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै बढेको छ । उक्त फण्डको मूल्य ३.९३ प्रतिशतले बढेर ८ रूपैयाँ ४६ पैसा पुगेको छ ।

बिहीबार समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य उसदिन ५.२० प्रतिशतले घटेर ८ सय १५ रूपैयाँ ३० पैसा पुगेको छ ।