१६ कार्तिक, २०८१ शुक्रबार

09:22:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घट्दा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२३ असार, २०७९

सेयर बजार घट्दा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौं कारोबारको दिन आज (बिहीबार) सेयर बजार घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको छ ।

घटेको सेयर बजारमा बिहीबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यसदिन ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण काबेली पावरको ६ करोड ३० लाख ६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २५ लाख ३२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ९० लाख ८ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।