१० मंसिर, २०८१ सोमबार
09:59:03 PM
२३ असार, २०७९
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउन माग गरेका छन् । सिबिफिनले यही असार मसान्तमा कार्यान्वयन हुने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को सीमा बढाउन माग गरेको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले सीडी रेसियो ९० प्रतिशतबाट बढाएर ९५ प्रतिशत पुर्याउन माग गरेका हो ।
सिबिफिनले कोभिड १९ को मारबाट तंग्रिदै गरेको अर्थतन्त्र र आगामी दिनमा लगानीमा गर्ने दबाबलाई मध्यनजर गर्दै आगामी एक वर्षका लागि उल्लेखित व्यवस्था स्थगन गरी पूर्ववत सीसीडी रेसियोको व्यवस्था नै लागू गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
उनीहरूले राष्ट्र बैकले कोभिडको बेलामा बैकहरूको मुनाफाबाट हुने ‘क्यासआउट’ रोक्न वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्रै नगद लाभांश वितरण गर्न पाउने गरी भएको व्यवस्थामा परिमार्जन गर्न माग गरेका छन् ।
यस्तै स्थानिय तहको सञ्चित कोषमा रहेको शतप्रतिशत रकम निक्षेपको रूपमा गणना गर्न दिनुपर्ने माग पनि उनीहरुले गरेका छन् । यस्तै आयातमा हाल भइरहको कडाइलाई निरन्तरता दिनुपर्ने, विप्रेषण औपचारिक माध्यमबाट ल्याउन प्याकेज घोषणा गर्नुपर्ने लगायतका माग पनि परिसंघले अघि सारेको छ ।