२१ बैशाख, २०८१ शुक्रबार

01:14:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलाडी रेणुकालाई भेटे मन्त्री अथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

Nepal Business

२३ असार, २०७९

खेलाडी रेणुकालाई भेटे मन्त्री अथक, उपचारमा कमी हुन नदिने प्रतिवद्धता

काठमाण्डौं । युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । 

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । 

प्रशिक्षणका क्रममा दुखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभएको छ । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाईते भएकी रेणुकाको क्यारिकलबोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उहाँको शल्यक्रिया गरिएको थियो। उहाँलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।