७ मंसिर, २०८१ शुक्रबार

05:04:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न धितोपत्र बोर्डको स्वीकृती

२३ असार, २०७९

थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न धितोपत्र बोर्डको स्वीकृती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ। धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागले असार २२ गते थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो। यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या ११६ पुगेको छ ।

योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, नबिल बैंक, मेगा म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड रहेका छन् ।