७ मंसिर, २०८१ शुक्रबार

04:41:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप एक लघुवित्तको सेयर कारोबार रोक्का

२३ असार, २०७९

नेप्सेमा थप एक लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक  लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि हिजो (असार २२ गते बुधबार) प्रारम्भिक सम्झौता भएसँगै नेप्सेले उक्त लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने ९मर्जर० तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार आज (असार २३ गते, बिहीबार) बाट रोक्का गरिएको नेप्सेले जनाएको छ ।

गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ स्थित केन्द्रीय कार्यालय रहेको सिवाइसी नेपाल लघुवित्त र स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका वडा नं १ स्थित केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तबीच १००ः७० स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ ।