१७ बैशाख, २०८१ सोमबार

11:40:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार पनि सेयर बजारमा हरियाली, १९.४३ अकंले बढ्यो

२६ पुस, २०७८

सोमबार पनि सेयर बजारमा हरियाली, १९.४३ अकंले बढ्यो

काठमाण्डौं

साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सेयर बजार १९.४३ अंकले उकालो लागेको हो । १९.४३ अकंले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ७ सय ८४.९५ विन्दुमा सिमित भएको छ। आज १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुैयाँको कारोबार भएको छ ।

उपसमुहतर्फ बैंकिङ ०.८२ प्रतिशत, होटल एण्ड टुरिजम १.१८ प्रतिशत र म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.६६ प्रतिशतले ओरालो लागेका छन् भने बाँकी उपसमुह उकालो लागेका छन् । सबैभन्दा बढी अन्य उपसमुह ५.४८ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ।

यस्तै कम्पनीतर्फ मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड शतप्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर लिमिटेड ९.९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट विकास बैंक लिमिटेड ९.९८ प्रतिशतले बढेका छन् ।