१६ कार्तिक, २०८१ शुक्रबार
09:17:08 PM
२३ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । नेप्सेमा आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको हो। आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त बीच हिजो (असार २२ गते, बुधबार) मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको थियो ।
त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज (असार २३ गते, बिहीबार) बाट रोक्का भएको नेप्सेले जनाएको छ ।