८ मंसिर, २०८१ शनिबार
10:21:30 PM
२२ असार, २०७९
मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गर्नुभएको थियो ।
काठमाडौँ,
जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् ।
आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो ।
आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो ।
साथसाथै फाउण्डेशनले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो । फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पु¥याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राख्नुभयो ।
मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राख्नुभयो ।
उहाँले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताउनुभएको थियो ।
साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिनुभयो ।