७ मंसिर, २०८१ शुक्रबार

05:11:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले बढ्यो सेयर बजार, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२२ असार, २०७९

दोहोरो अंकले बढ्यो सेयर बजार, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौथो कारोबारको दिन आज (बुधबा) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा बन्द भएको छ ।

बुधबार कूल २२८ वटा कम्पनीको ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ रूपैयाँ बराबरको कारोबार भएको छ । यसदिन कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी १० वटा उपसमूहको सेयर बढेको छ ।

बुधबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, बुधबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै घटेको छ ।