२३ बैशाख, २०८१ आइतबार

10:18:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखि मधेस प्रदेशसभामा मन्त्रालयगत बजेटमाथि छलफल हुने

२२ असार, २०७९

आजदेखि मधेस प्रदेशसभामा मन्त्रालयगत बजेटमाथि छलफल हुने

काठमाडौं । मधेस प्रदेशसभाको बैठकमा आज (बुधबार) देखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुने भएको छ । आज (बुधबार) दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९।८० मा प्रदेश सरकारको विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल सुरु हुने भएको हो । आर्थिक विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको हिजो (मंगलबार) को बैठकमा सैद्धान्तिक छलफल सकिएपछि आज (बुधबार) देखि मन्त्रालयगत बजेटमाथि छलफल हुन लागेको जनाइएको छ ।

मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आव २०७९।८० को बजेट पारित हुने प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।  गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष २०७९।८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।