१० मंसिर, २०८१ सोमबार

11:10:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पिपुल्स पावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

२२ असार, २०७९

पिपुल्स पावरको आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा  आवेदन दिने म्याद गरिएको हो । कम्पनीले यसअघि  आज (असार २२ गते बुधबार) सम्म आवेदन दिन पाइने भनिएकोमा अब साउन ५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका  ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये, इलाम नगरपालिका वडा नं १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ ।

लगानीकर्ताहरुले उक्त आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।