७ मंसिर, २०८१ शुक्रबार
05:23:55 PM
२१ असार, २०७९
नियमावलीमा अब तीन तहको सेयर ब्रोकर हुने प्रस्ताव गरिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन किसिमको अनुमति पत्र जारी हुनेछन् ।
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र (लाइसेन्स) लाई खुला गर्ने तयारी गरेको छ ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ ।
हालसम्म सेयर ब्रोकरका लागि कोटा राख्ने गरिएकोमा अब भने खुला गर्नै गरी बोडले प्रस्ताव गरेको छ ।
त्यसका लागि बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ ।
नियमावलीमा अब तीन तहको सेयर ब्रोकर हुने प्रस्ताव गरिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन किसिमको अनुमति पत्र जारी हुनेछन् ।
बोर्डका अध्यक्ष रमेश हमालका अनुसार यो व्यवस्थाहरु धितोपत्र बजारको व्यवस्थापनमा कोसेढुंगा सावित हुनेछ