१४ बैशाख, २०८१ शुक्रबार

03:42:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

२१ असार, २०७९

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा३ ख ८३९६ नम्बरको बस आज (मंगलबार) बिहान १० बजेतिर दुर्घटना भएको थियो। गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

घटनास्थलमा मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूला तमाङ, खडक विक,  कमला तामाङ,  कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन् । अरु २ जनाको सनाखत हुन बाँकी छ ।