८ बैशाख, २०८१ शनिबार

04:20:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगर सरसफाईका लागि थप १ सय ५० जना जनशक्ति परिचालन

Nepal Business

२१ असार, २०७९

काठमाण्डौं महानगर सरसफाईका लागि थप १ सय ५० जना जनशक्ति परिचालन

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले महानगर क्षेत्रको सरसफाई र वातावरणीय सुधारका लागि महानगरले थप जनशक्ति परिचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर महानगरले  थप  १ सय ५० जना जनशक्ति परिचालन गरेको  हो ।  

महानगरका अनुसार अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्ने लगायतका काम गर्ने गरेका छन् ।

यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन गरिएका थिए । सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र ६, ७, ८, ९, १०, ३१  र ३२ वडा छन् ।  

पश्चिम क्षेत्र १३, १४, १५, १६, १७ वडा छन्। उत्तर क्षेत्र १, २, ३, ४, ५, २६ र ३० वडा तथा मध्य क्षेत्र ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९ वडा छन् । यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको महानगरले जानकारी दिएको हो ।