७ मंसिर, २०८१ शुक्रबार

05:08:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा घट्दा पनि मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२१ असार, २०७९

सेयर बजारमा घट्दा पनि मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा घटेको छ । मंगलबार सेयर बजार ४६ अंकले घटेको हो । यसदिन २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त रकम बराबरको कारोबार हुँदा मंगलबार सानिमा बैंकको प्रोमोटर सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन ३० करोड २० लाख रुपैयाँ बढी कारोबार भएको छ ।

त्यस्तै, मंगलबार अरुण काबेली पावरको ११ करोड ८२ लाख, शिवम् सिमेन्टको १० करोड ६० लाख, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख र अपर तामाकोशीको ८ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।