७ मंसिर, २०८१ शुक्रबार
11:08:23 PM
२१ असार, २०७९
काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४६.०८ अंकले घटेर नेप्से परिसूचक २ हजार ३०.५९ विन्दुमा बन्द भएको छ।
आज सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो मंगलबार भने सेयर बजार घटे पनि कारोबार रकम भने बढेको थियो । सेयर बजार घट्दा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रुपैयाँको कारोबार भएको छ भने ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै उपसमुहतर्फ सबै घटेका छन् । कम्पनीहरुमा सिवाईसीमा सर्किट ब्रेक लागेको छ भने न्याग्दी ग्रुप ९.९७ प्रतिशत, आधिखोला लघुवित्त संस्था ९.६१ प्रतिशत र स्वभिमान लघुवित्त वित्तीय संस्था ८.१० प्रतिशतले बढेका छन् ।