१० मंसिर, २०८१ सोमबार
11:05:42 AM
२१ असार, २०७९
काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ। उक्त आईपीओ हिजो (सोमबार) बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका कुल १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा।को वडा नं २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा वडा नं ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिएको सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा।पा। को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २ सय ५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं १, २ र ३ लाख ५ प्रतिशत अर्थात् ७९ हजार ६ सय ५० कित्ता बाँडफाँड गरेको छ ।
उक्त आईपीओको नतिजा सानिमा क्यापिटल लिमिटेडको वेबसाइट र श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको वेबसाइटबाट हेर्न सकिनेछ ।