१० मंसिर, २०८१ सोमबार

11:16:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपर सोलु हाइड्रोको आइपीओका कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

२१ असार, २०७९

सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जना आवेदकले ७१ लाख १ हजार ७१० कित्ता आईपीओका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा बढी आवेदन हो ।

अपर सोलु हाइड्रोको आइपीओका कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले असार ९ गतदेखि  सर्वसाधारणका लागि लागि निष्काशन गरेको साधारण सेयर आईपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जना आवेदकले ७१ लाख १ हजार ७१० कित्ता आईपीओका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा असार २३ गतेसम्म ढीलोमा साउन २ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।