८ जेठ, २०८१ मंगलबार

09:20:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुर्खेतको एक स्कुलमा आगलागी , तीन लाखको क्षति

Nepal Business

२६ पुस, २०७८

सुर्खेतको एक स्कुलमा आगलागी , तीन लाखको क्षति

२६ पुस । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । 
त्यस्तै खार्पुनाथ गाँउपालिका–१ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङ्गा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।