७ मंसिर, २०८१ शुक्रबार
10:45:34 PM
२१ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको ३५ प्रतिशत बोनस बापतको २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही बोनस सेयर आज (मंगलबार) नेप्सेमा सूचिकृत भएको हो ।